मकवानपुरका स्थानिय तहमा प्राबिधिक कर्मचारी भर्ना गर्ने निणय

स्थानीय तह समन्वय समितिको बैठक सम्पन्न
२६ चैत्र २०७५, मंगलवार ०८:२७

हेटौंडा / मकवानपुरका स्थानिय तहमा प्राबिधिक कर्मचारीको समेत अभाब भएपछी बिकाश निर्माणका काम गर्नका लागि समस्या भएको छ । कर्मचारी समायोजनपछीको समयमा पनि प्राबिधिक कर्मचारी नभएपछी अब स्थानिय तहहरुले करारमा प्राबिधिक कर्मचारीहरु भर्ना गर्ने निणय गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको बैठकले यो निणय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय समितिको बैठक सोमबार बसेको छ । हरेक महिनाको २५ गते बस्ने नियमित बैठक सोमबार मकवानपुरगढी गाउ“पालिकामा बसेको थियो । जिल्लाका १० वटै स्थानीय तहले एक महिनामा गरेका उपलब्धी एवम् समस्या लगायतका बारेमा एक अर्का बिच अनुभव आदान प्रदान गर्ने उद्श्यले जिससले हरेक महिना बैठक आयोजना गर्दै आएको छ । यस अघि जिल्ला समन्वय समितिमै बस्ने गरेको नियमित बैठक यो पटक गढी गाउ“पालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा बसेको हो ।

बैठकले स्थानीय तह संचालनमा देखिएको समस्या र चुनौति, जिल्लाको समग्र बिकासमा साझा धारणा बनाउने, जिससले स्थानीय तहहरुमा गरेका अनुगमनको समिक्षा, मौजदात कोष परिचालन, समन्वय बैठकमा भएका बिगतका निर्णयको समिक्षा तथा स्थानीय तहहरुले संघ÷प्रदेश सरकारसंग गरेका अपेक्षालगायतका बिषयमा छलफल गरिनुका साथै मकवानपुर गढी गाउ“पालिकासंग मौजदात कोष परिचालन सम्बन्धमा सम्झौता समेत गरिएको छ । स्थानीय तहहरुले बिशेषगरि अहिले स्थानीय तहहरुमा कर्मचारी अभावको समस्या रहेको बताएका छन । उनिहरुले सबै कर्मचारी संघ र प्रदेशमा समायोजन भएकोले स्थानीय तहमा अहिले कर्मचारीको व्यापक अभाव रहेको बताएका छन । कर्मचारी अभावमा सोचे अनुसारको काम गर्न नसकिएको उनिहरुको भनाई रहेको थियो ।

बैठकले स्थानीय तहमा प्रविधिक पदमा कर्मचारी अभाव भए तत्काल करारमा भर्ना गर्ने निर्णय पनि गरेको छ भने कर्मचारी अभावका कारण परेका अप्ठ्यारो बिषयमा तत्काल संघीय मामिला मन्त्रालयमा जानकारी गराउने, आगामि बैठकमा सुचक पठाएर अनुभव आदान प्रदान गर्ने गरि छलफल गर्ने साथै जिल्लाको दररेटलाई आधार बनाएर स्थानीय दररेट कायम गर्ने तथा बलमैत्री, महिला मैत्री अपा·मैत्री कुरालाई समेटेर स्थानीय तहहरुले कार्य गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाको समग्र विकासकालागि साझा धारण बनाएर जाने कुरामा प्रतिबद्धता जनाएका हुन । बैठकमा मवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*