‘अब नेकपा एकताबद्ध भएर ओलीकै नेतृत्वमा चुनावमा जान्छ’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि चुनावमा केपी ओलीकै नेतृत्वमा नेकपा एकताबद्ध भएर होमिने बताएका छन् । कतिपय मन्त्रीहरूले राजीनामा दिए पनि अरू मन्त्रीहरू थपिने र सरकारले निरन्तरता पाउने थापाले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्री ओलीसँग निकट मानिने पूर्वमन्त्री थापा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको बताउँछन् । ‘जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनतामा जाउँ भन्ने अधिकार विश्वभरि रहन्छ’ अनलाइनखबरकर्मी भानुभक्त आचार्यसँग संक्षिप्त अन्तर्वार्ता दिँदै थापाले भने, ‘त्यो संविधानको, कानुनको कुन(कुन बुँदामा के(के छ भन्ने विषयमा कसैले टिप्पणी गर्नु जरुरी छैन ।’
प्रधानमन्त्री ओलीलाई आफ्नो लक्ष्य र उद्देश्यतर्फ अगाडि बढ्न नदिएर संसदको विशेष अधिवेशन बोलाउने, अविश्वासको प्रस्ताव लैजाने र जनताको चाहना भावनाविपरीत पदबाट हटाएर राजनीतिक अस्थिरताको खेल गर्न थालेपछि संसद विघटन गर्नु परेको थापाको विश्लेषण छ।
प्रस्तुत छ, नेकपा नेता थापासँग अनलाइनखबरले गरेको कुराकानी:







