सोमबार नेकपाका सांसदहरु संसदमा भेला हुँदै, ओलीले बोलाए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेकपाका ९० जना सांसदलाई सोमबार संसदको ल्होत्से हलमा जम्मा हुन निर्देशन दिइएको छ । आइतबार बसेको नेकपा स्थायी समिति बैठकले ती सांसदहरुलाई ल्होत्से हलमा जम्मा हुन निर्देशन दिएको हो । संसद विघटन हुनुअघि ९० जना सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उता, प्रधानमन्त्री ओलीले पनि सोमबारै आफु निकट सांसदहरुलाई बालुवाटार बोलाएका छन् । संसद विघटनपछिको रणनीति तय गर्न प्रधानमन्त्री ओलीले आफु निकट सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । त्यस्तै संसदको ल्होत्से हलमा जम्मा भएका सांसदहरुले पनि ओली विरुद्धको रणनीति तय गर्ने जनाइएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल लगायत ९० जना सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । रातोपाटीबाट