संसद् विघटनबारे विप्लवको विज्ञप्ति : वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकता पुष्टि भयाे

जनपत्र
६ पुष २०७७, सोमबार ०६:१२

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संसदवादी राज्यव्यवस्था असफल प्रमाणित गरेको दाबी गरेको छ। सरकारद्वारा प्रतिबन्धित पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरी ‘यो असफलता र संकट आउनु अनिवार्य’ भएको उल्लेख गर्दै यो घटनाले संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकै दिन आइतबार साँझ प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे। नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य थियो।’

साथै यो संकटको ‘वास्तविक’ समाधान, शान्ति, स्थिरिता, स्वाधीनता समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण कम्युनिस्ट, वाममपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिलाई एक हुन पनि विप्लवले विशेष आग्रह गरेका छन्।
bipbig

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*