लेवानडोस्कीले जिते फिफाको बेस्ट खेलाडीको अवार्ड
पोल्याण्डका बायर्न म्युनिखबाट खेल्ने रोबेर्ट लेवानडोस्कीले यस बर्षको फिफाको पुरुष तर्फको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । गएराती भएको फिफा समारोहमा लेवानडोस्कीले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीलाई पछाडी छोड्दै फिफाको ुद बेस्ट खेलाडीु को उपाधि जितेका हुन् ।
लेवानडोस्कीले गएको सिजनमा (२०१९-२०) मा बायर्नका लागि ४७ खेलमा ५५ गोल गरेका थिए । उनले बायर्नलाई जर्मनी लिग बुण्डेसलिगा, च्याम्पियन्स लिग र डिएफबि पोकलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट खेलाडीको अवार्ड जितेका लेवानडोस्कीले रोनाल्डो र मेसीले यस अघि जितेको अवार्ड जित्नु नुकै गर्वको कुरा भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै महिलातर्फको उत्कृष्ट खेलाडीको अवार्ड इङल्याण्डकी लुसी ब्रोन्जले जितेकी छन् ।
त्यस्तै लिभरपुलका म्यानेजर जर्गन क्लोपले बर्षको उत्कृष्ट म्यानेजरको अवार्ड जितेका छन् । त्यस्तै महिला टिमको म्यानेजरको अवार्ड नेदरल्याण्डको महिला टिमकी म्यानेजर सरिना विएगम्यानले जितेकी छन् । त्यसैगरी टोटनह्यामका दक्षिण कोरियाली खेलाडी सन हेंग मिनले पुकास वार्ड जितेका छन् । त्यस्तै बायर्नका मान्युएल नेउरले बर्षको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् भने महिलातर्फको उत्कृष्ट गोलकिपरको अवार्ड लियोनकी सराह बौहाडीले जितेकी छन् ।






