मकवानपुरका स्थानीय तहमा स्वास्थ्यकर्मिको अभाब

स्थानीय तहका जनप्रतिनिधिहरु स्वाथ्य प्रति संबेदनसिल नबनेको स्वास्थ्यकर्मीको गुनासो
जनपत्र
२३ चैत्र २०७५, शनिबार १०:१८

हेटौंडा / मकवानपुरका दश वटै स्थानिय तहमा स्वास्थ्यकर्मीको अभाब हुँदा हुँदै पनि काम भईरहेको छ । स्थानिय तहका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा रहेर समन्वय गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकिमा बसेर उपचार गर्ने स्वास्थ्यकर्मीहरुको अभाबका कारण स्वास्थ्य सेवामा पहुँच पुग्न नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । स्वास्थ्यमा पहुँच भन्ने नाराका साथ शहरमा कार्यक्रम गरिएपनि उपचार नपाएकै कारण घरमानै थलिनुपर्ने अबस्था अझैपनि मकवानपुरका गाउँगाउँमा रहेको छ ।

यता स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु भने स्थानीय तहका जनप्रतिनिधिहरु स्वाथ्य प्रति संबेदनसिल नभएको गुनासो बढेको छ । स्वास्थ्य जस्तो संबेदन सिल क्षेत्र भन्दा पनि जनप्रतिनिधिहरु भौतिक पुर्बाधारका क्षेत्रमा बढी केन्द्रीत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेश ३ को स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा बिस्व स्वास्थ्य दिबश २०१९ का अबसरमा स्वास्थ्य सेवामा सर्ब ब्यापी पहुँच, सबैका लागि स्वास्थ्य अन्तरकृया कार्यक्रमका अबसरमा आज हेटौंडामा यस्तो गुनासो गरिएको हो ।

अब हरेन गाउँका कुनाकाप्चामा बसेका नागरिकका लागि स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने बताइएको छ । अब स्थानयि तहका जनप्रतिनिधिहरुले स्वास्थ्यलाई बिकाशबादी एजेण्डा बनाएर अगाढी बढाउनुपर्ने आबस्यक्ता रहेको प्रदेश स्वाथ्इ निर्देशनालय हेटौंडाका जनस्वास्थ्य प्रशाशक राजेन्द्रकुमार गिरीले बताउनुभयो ।

अझैपनि हरेक स्थानिय तहका वडा सम्म स्वास्थ्य चौकि निर्माण नहुँदा सबैमा स्वास्थ्यको पहुँच भन्ने नारा ब्याबहारमा लागू हुने देखिदैन । प्रदेश ३ का ३३ प्रतिशत वडामा स्वास्थ्यचौकि अझैपनि निर्माण भएका छैनन् । मकवानपुरका स्थानिय तहका स्वास्थय संस्थामा अझैपनि स्वास्थ्यकर्मीहरुको उत्तिकै अभाब रहेको छ ।
कार्यक्रममा प्रदेश ३ स्वास्थ्य निर्देशनालय हेटौंडाका उपस्वास्थ्य प्रशाशक डाक्टर रामबहादुर केसी, डाक्टर राजेन्द्र कुमार गिरी, हेटौंडा अस्पतालका निमीत्त प्रमुख डाक्टर हरिबहादुर खड्का, हेटौंडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेल, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*