घोषणापत्रमा भनिए अनुसार काम गरौंः मुख्यमन्त्री

हेटौंडा / ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले घोषणापत्रमा भनिए अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । नारा र भाषणमा बोलिएको कुरा अनुसार काम गर्न सकिएन भने जनताको बीचमा जाने बाटो पनि हराउने उहा“को भनाई थियो ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टि (नेकपा) द्वारा काठमाण्डौ जिल्ला पार्टि कार्यालय धुम्बाराहीमा आयोजित नेकपाबाट काठमाण्डौ जिल्लाका विभिन्न स्थानिय तहमा निर्वाचित प्रमुख उपप्रमुखहरुको संगको छलफलमा उहा“ले यस्तो बताउनुभएको हो । उहा“ले भन्नुभयो–‘हामी अहिले बजेट बनाउने चरणमा पुगेका छौं । नीति योजना र बजेट निर्मँण गर्ने प्रक्रियामा पुगेका छौं । सबैभन्दा पहिले हामीले योजना बनाउ“दा चुनाबका बेला बोलको कुरा याद गरौं ।’ उहा“ले घोषाणापत्रमा आधारित भएर त्यसमा उल्लेख भएका कुराहरुलाई हाम्रो नीति कार्यक्रममा ढाल्न उहा“ले आग्रह गर्नुभयो । विगतमा नभएका कुराहरु अहिले हामीले सुधार्न जरुरी रहेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘तपाईहरुले २ वर्षको बजेट ल्याउनुभयो ।

प्रदेश सरकारले पनि एकवर्षको बजेट ल्यायो । तर, त्यसमा पूर्ण रुपमा म आफै पनि सन्तुष्ट हुन छैन । त्यो बजेट जस्तो हुनुपर्ने थियो त्यस्तो हुन सकेन । हिजोकै परम्परालाई अंगालेको छ । यसलाई हामीले सुधार गरेर अगाडि बढ्नुपर्छ ।’ अबको बजेट समृद्धिको दिशामा जाने गरी बनाउनुपर्ने उहा“ले बताउनुभयो । अहिले पनि नीति र कार्यक्रम एकातिर हुने अनि बजेटमा सम्बोधन नै नहुने समस्या रहेको भन्दै त्यसलाई पहिले हल गर्न जरुरी रहेकोमा उहा“को जोड थियो ।
मुख्यमन्त्री पौडेलले परिणाम आउने योजनाहरु बनाउन सुझाव दिदैं योजनालाई उत्पादनमुखी, रोजगारमुखी र आर्थिक क्रियाकलापमा जोड्न सुझाव दिनुभयो । आगामी दिनमा स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारबीच कसरी सहकार्य तथा समन्वय गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।