बराबरीमा रोकिए म्यानचेस्टर सिटी र युनाइटेड

जनपत्र
२८ मंसिर २०७७, आईतवार ०६:३०

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली युनाइटेड सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो।

रोमाञ्चक खेलमा दुबै पक्षले राम्रा अवसरहरु बनाए पनि सदुपयोग गर्न सकेनन्। बराबरीमा रोकिएसँगै युनाइटेड अंकतालिकाको ८ औं स्थानमा छ भने सिटी ९ औं स्थानमा छ। युनाइटेडले ११ खेलबाट २० अंक जोड्दा सिटीले समान खेल खेलेर १९ अंक जोडेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*