मकवानपुर गढी गाउँपालिका जोड्ने सडक पक्की बनाईदै

हेटौंडा / मकवानपुर गढी गाउँपालिका वडानम्बर ४ मक्रान्चुलीको मुल सडकलाई अब पक्की बनाईदै लगिएको छ । अब गाउँपालिका पुग्ने सडकलाई सबैतिरबाट पक्की बनाउने योजना अनुसार यस क्षेत्रमा सडकमा स्लाब ढलान गरिएको छ ।
मकवानपुर क्षेत्रनंम्बर १ का सांसद कृष्ण प्रसाद दाहालको संसद बिकाश कोष मार्फत ३० लाख रुपैयाँ लागतमा मक्रान्जुलीमा स्लाब ढलान गरिएको हो । ७ मिटर चौडाई रहेको सडक ३ सय मिटर लम्बाई रहेको छ । कच्ची बाटोहरुलाई अब बिस्तारै पक्की बनाउँदै लगिने सडक निर्माण उपभोक्ता समिति मक्रान्चुलीका अध्यक्ष जनक रेग्मीले बताउनुभयो ।
कच्ची सडकका कारण बर्षायाममा हिलो हुने र हिउँदमा छारो धुलोको समस्याबाट मुक्ति दिलाउनका लागि सडकलाई पिच गर्ने काममा मकवानपुर गढी गाउँपालिकाले पनि तिब्रता दिएको छ ।