फिफाको नयाँ वरीयतामा नेपाल यथावत् नै

जनपत्र
२५ मंसिर २०७७, बिहीबार १७:०६

काठमाण्डौ – अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ ।

एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता  तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ औँ स्थानमा छ ।

नेपालभन्दा तल रहेका बङ्गलादेश एक सय ८६, भुटान एक सय ८९, पाकिस्तान दुई सय र श्रीलङ्का दुई सय ६ औँ स्थानमा छन् ।

विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्याण्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*