सलमानको नयाँ फिल्म, नयाँ लुक
बलिउड अभिनेता सलमान खानले अब प्रशंसकहरुलाई एउटा ठूलो सप्राइज दिएका छन् । अहिले कोरोनाभाइरस महामारीबीच लकडाउन खुलेपछि भारतमा फिल्म सुटिङमा पहिले अक्षय कुमार जुटेका थिए भने अब सलमान खानले पनि फिल्म सुटिङ सुरु गरेका छन् ।
अब उनको नयाँ फिल्म राधेः योर मोस्ट वान्टेड भाइको सुटिङ सकिएको छ । अब यो फिल्मपछि उनले अन्तिमः द फाइनल ट्रुथको सुटिङ सुरु गरिसकेका छन् ।
सलमानले इदमा प्रशंसकलाई सरप्राइज दिने बताएका छन् । अनि योसँगै एउटा नयाँ तस्वीर पनि उनको आएको छ जसलाई सलमान खानका प्रशंसकले खुलेर मन पराएका छन् ।







