म्याराडोनाको तस्बिर अर्जेन्टिनाको नोटमा राख्न प्रस्ताव

जनपत्र
२५ मंसिर २०७७, बिहीबार ०६:०६

अर्जेन्टिनाका सिनेटरले स्वर्गीय फुटबल लेजेन्ड डिएगो म्याराडोनाको तस्बिर नयाँ बैंक नोटमा राख्न प्रस्ताव गरेका छन् । १९८६ को विश्वकपमा अर्जेन्टिनालाई जित दिलाएका विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको दुई हप्ता अगाडि ६० वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो ।

यसबीच सिनेटर नोर्मा डुरांगोले सोमबार सबैभन्दा प्रचलित १,००० पेसोको नयाँ नोटमा म्याराडोनाको तस्बिर राख्न प्रस्ताव गरेकी हुन् । त्यसको एकपट्टी म्याराडोना र अर्कोपट्टी उनको सबैभन्दा चर्चित गोल को तस्बिर राखिने उनले बताएकी छन् । १९८६ मा म्याराडोनाले मेक्सिकोस्थित इङ्ल्यान्ड विरुद्ध गरेको दोस्रो गोलको क्षणलाई सो नोटमा समावेश गर्न उनले प्रस्ताव गरेकी हुन् ।

नोर्माले भनेकी छन्, “यो हाम्रा सबैभन्दा महत्वपूर्ण व्यक्तित्वलाई चिनाउनका लागि मात्र नभएर यसले आर्थिक प्रभाव पनि पार्नेछ । पर्यटकहरु यहाँ आउँदा आफूसँगै म्याराडोनाको चिनो पनि लैजान चाहनेछन् । ” बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*