वेस्टइन्डिजमाथि न्युजील्याण्डको इनिंग र १३४ रनको जित

न्युजील्याण्डले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट जितेको छ । न्युजील्याण्डले इनिंग र १३४ रनले वेस्टइन्डिजलाई पराजित गरेको हो । फलोअनमा रहेको वेस्टइन्डिजले दोस्रो इनिंगमा २४७ रन बनाएर अल आउट भएको थियो । वेस्टइन्डिजले पहिलो इनिंगमा १३८ रन मात्र बनाएर अल आउट भएपछि न्युजील्याण्डले फलोअन दिएको थियो ।
न्युजील्याण्डले भने कप्तान केन विलियम्सनको २५१ रनको पारिको मद्दतले पहिलो इनिंगमा ५१९ रन बनाएर इनिंग घोषणा गरेको थियो । विलियम्सन यस खेलको म्यान अफ द म्याच समेत बनेका छन् । योजितपछि दुई खेलको सिरिजमा न्युजील्याण्ड १-० ले अगाडी रहेको छ । अब सिरिजको दोस्रो टेस्ट डिसेम्बर ११ देखि शुरु हुने छ ।