नेकपा स्थायी कमिटीमा को कुन समूह निकट?

जनपत्र
२१ मंसिर २०७७, आईतवार ०६:०७

सत्तारुढ दल नेकपा भित्र बहुमत अल्पमतको खेल शुरु भएसँगै कमिटीहरुमा कुन गुटसँग कतिजना जोडिएका छन् भनेर हिसावको खेल शुरु हुन थालेको छ। खासगरि प्रभावशाली समूहहरुसँग नजिक भएकाहरुकै राजनीतिक प्रभाव बढी पाइने गरेपछि गुटमा बाँडिने गरेको पनि पाइएको छ । नेकपा भित्र बहुमत अल्पमतको द्धन्द जारी रहेकै बेला आइतवार बोलाइएको स्थायी कमिटीबाटै निकास निस्कने आशा भने कमैले गरेका छन् । यद्यपी शक्ति प्रदर्शनका हिसावले भने समूह निकटहरुको टाउको गन्ने अवस्था भने सिर्जना भएको छ ।

ओली समूह
केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुबासचन्द्र नेम्वाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, लेखराज भट्ट ।

दाहाल समूह
पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, गणेश साह, गिरिराजमणी पोखरेल, अग्निप्रसाद सापकोटा, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, बर्षमान पुन, मणीचन्द्र थापा, मातृकाप्रसाद यादव, लिलामणी पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल प्रसाद गजुरेल ।

नेपाल समूह
माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेशकुमार भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे ।

थापा समूह
रामबहादुर थापा, देवप्रसाद गुरुङ,पम्फा भुसाल ।

वामदेव गौतम समूहविहिन
हाम्रोकुराबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*