नाईट्रोभेट, ब्युनोर्फिन र फेनार्गन सहित युवक पक्राउ

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट प्रहरीले बिभीन्न प्रकारका लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागू औषध नाईट्रोभेट १० लेखेको १ सय २७ ट्याबलेट, डाईजेल्याब १० एम्पुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुल बरामद गरेको हो ।
लागूऔषध सहित चितवन राप्ती नगरपालिका वडानम्बर ४ बस्ने ३७ बर्षिय लक्ष बहादुर राईलाई पक्राउ गरि आज सार्बजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिङले बताउनुभयो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले बिरगंज तर्फबाट हेटौडा तर्फ जाँदैगरेको ना ७ ख ९१६५ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका राईको शरिर खान्तलासी गर्दा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।