रजनीकान्त राजनीतिमा प्रवेश गर्दै, दलको घोषणा आउँदो महीना

जनपत्र
१९ मंसिर २०७७, शुक्रबार ०६:५७

भारतका प्रख्यात अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। नयाँ वर्षमा  राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ छ। एक ट्वीट मार्फत उनले यसबारे जानकारी दिएका हुन्। तमिल भाषामा गरिएको ट्वीटमा उनले केही ह्याशट्याग पनि प्रयोग गरेका छन्। जसमा ुअहिले नभए कहिल्यै हुँदैनु, ुहामी बदलिन्छौं, सबै बदल्छौुं लेखिएको छ।

राजनीतिक दल खोल्ने घोषणा अघि रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मंदरम’ का जिल्ला सचिवहरुसँग ३० नोभेम्बरमा विचार-विमर्श गरेका थिए। उक्त बैठकपछि उनले चाँडै आफ्नो दल गठनबारे घोषणा गर्ने बताएका थिए। उनको यो निर्णयको प्रशंसकहरुले स्वागत गरेका छन्।

रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए। समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो। तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*