हुरी पीडितका लागि हेटौंडाको पाँच लाख सहयोग

जनपत्र
२० चैत्र २०७५, बुधबार १७:११

हेटौंडा /बारा र पर्षा जिल्लाका हावाहुरी पीडितहरुका लागि हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । हुरीका कारण बिचल्ली परेका परिवारलाई सहयोग गर्ने उदेस्यले पाँच लाख रुपैयाँ सहयोग गर्ने निणय गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

मकवानपुरको छिमेकी जिल्ला समेत रहेको बारा र पर्षा जिल्लामा हावाहुरीबाट सयौजनाको घरबार बिहीन हुनुका साथै सयौ जना घाईते भएपछी उनिहरुका निम्ती सहयोग गर्नका लागि कार्यापालिकाको बैठकले पाँच लाख दिने निणय गरिएको मेयर महतले बताउनुभयो । सहयोग रकम सिधै प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । कुनैपनि जिल्लामा आपत पर्दा सहयोग गर्नुपर्छ भन्ने उदेस्यले थोरै रकम भएपनि सहयोग गरिएको मेयर महतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*