हेटौंडाको आन्तरिक आय २२ करोड ६० लाख

जनपत्र
२० चैत्र २०७५, बुधबार १४:५७

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षको हाल सम्म २२ करोड ६० लाख रपैयाँ आमदानी गर्न सफल भएको छ । आन्तरिक आयमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको अन्त्यसम्म १० करोड रुपियाँले बृद्धि हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले आज चौथो नगरसभाका अबसरमा प्रस्तुत गर्नुभएको बजेटबाट आन्तरिक आमदानीमा बृद्धी भएको पाइएको हो । अब साबिकको बजेटमा बृद्ध िभएर एअ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । चालु बर्षको अन्त्य सम्ममा उपमहानगरपालिकाको आमदानी भने एक अर्ब ८७ करोड रुपैयाँ हुने अनुमान गरिएको उपप्रमुख लामाले बताउनुभयो ।


यो रकम चालु आर्थिक बर्षमा स्वीकृत भएको रकम भन्दा १५ प्रतिशत बृद्धी भएको अर्थात २४ कारेड ६२ लाख रुपैयाँ बढी हुन आएको हो । नदिजन्य पदार्थ, बिज्ञापन ककर, पुर्बाधार मर्मत सम्भार, सार्बजनिक सौचालय, सिमेन्ट निकासीकर लगायतका क्षेत्रबाट बढी राजस्व संकलन हुन आएको हो । चालु आर्थिक बर्षको यो अबधि सम्ममा भौतिक पुर्बाधारका ३ सय ८९ वटा योजानहरु संझौता भएर संचालनमा आएको छ । जसमध्यमा २ सय ५ वटा योजानहरु सम्पन्न भएर एक सय ८४ वटा योजनाहरु निर्माणाधिन अबस्थामा संचालनमा आएको उपप्रमुख लामाले जानकारी दिनुभयो ।
प्रदेश ३ सरकारद्धारा हस्तान्तरित ६ कबरोड ८५ लाख रुपैयाँ बराबरका १५ वटा योजनाहरु संचालन भईरहेका छन् । संघिय सरकार संगको समझदारीमा ६ करोड २१ लाखका पाँचवटा आयोजनाहरु संचालनमा रहेका छन् ।
उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा ठुला आयोजनाका रुपमा कर्रा करिडोर, बस टर्मिनल, सपिङ महल, भवन निर्माण सम्बन्धी मापदण्ड, सभागृह, भ्यूटावर निर्माण लगायतका काम गर्ने योजना बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*