प्रिमियर लिग: साउथह्‍याम्पटनमाथि युनाइटेडको शानदार जीत, काभानीको दुई गोल

जनपत्र
१५ मंसिर २०७७, सोमबार ०६:४७

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा म्यान्चेस्टर युनाइटेडले शानदार जीत निकालेको छ ।साउथह्‍याम्पटनको घरेलु मैदानमा भएको खेमा युनाइटेड २(० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-२ ले जित्‍न सफल भएको हो ।

खेलको २३औं मिनेटमा जान बेडनारेकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा जेम्स वार्ड प्राउसले गोल गरेपछि साउथह्‍याम्पटनले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५९औं मिनेटमा ब्रुनो फर्नान्डेस तथा ७४औं मिनेटमा सब्सचिट्युट खेलाडी एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा पुनः काभानीले गोल गरेपछि युनाइटेडले शानदार पुनरागमनमार्फत खेल जितेको हो ।

जीतसँगै ९ खेलबाट १६ अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लिएको छ भने पराजित साउथह्‍याम्पटनको १० खेलबाट १७ अंक छ र पाँचौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*