अरु नगरलाई बजेट खर्च गर्न नसकेर पीर हामीलाई बजेट पुगेन– मेयर महत

जनपत्र
२० चैत्र २०७५, बुधबार १४:४९

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको चौथो नगरसभा बैठक आज बिहान हेटौंडामा भएको छ । नगरसभा बैठकलाई संबोधन गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै योजनाहरु सकेर अरु नगर भन्दा पहिलो हुनका लागि आफुहरु लागिपरेको बताउनुभयो । सबै भौतिक पुर्बाधारका योजनाहरु र अरु बिभीन्न योजनाहरु बेलैमा सक्नका लागि आफुहरु तयार रहेको बताउँदै उहाँले भन्नुभयो–अरु नगरपालिका, महाँनगरपालिकाले समयमानै बजेट खर्च नभएर फ्रिज भईरहेको समयमा आफुहरुलाई काम गर्नका लागि बजेट अभाब भएको छ ।’


अझै पनि नगरलाई धेरै योजना गर्नका लागि बजेट आबस्यक रहेको मेयर महतले बताउनुभयो । अब सानाखालका योजना होईन ठुला योजनाहरुको छनौट गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–सामान्य योजना छनौट गरेर काम गर्ने भन्दा पनि ठुला र देखिने खालका योजनाहरुको छनौट गर्नुपर्छ । साना १० हजारको योजनालाई पनि उत्तिकै जनसक्ति लाग्छ र अरु दश लाखको योजनाका लागि पनि उत्तिकै जनसक्ति लाग्नेगरेको छ । त्यसैले देखिने योजनाको छनौट गर्नुपर्छ ।’ योजनाकाअब प्रदेश र संघीय सरकारले बजेट राम्रो संग दिनुपर्ने उहाँको भनाई छ । मेयर महतको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले संसोधित बजेट प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*