थरिथरिका बाजा सहित सहकारीकर्मीको आपसमा प्रतिस्पर्धा

हेटौंडा / हेटौंडाको मेनरोडमा एका बिहानै अघिल्लो ब्यानरमा मन्त्रीदेखि प्रदेश र जिल्ला स्तरका नेताहरु सम्मको लाईन । त्यसपछी सहकारीमा आबद्ध महिलाहरुको लामो लस्कर । बिचबिचमा पन्चैबाजा, खैजेडी भजन, बिभनिन थरीका आफ्आफ्नै भेसभुसा । सहकारीनै पिच्छेका आफ्नै पोसाकमा सजिएका महिला । हेटौंडामा सहकारीमा आबद्ध महिला र पुरुसको लावा लस्कर देखेर सबै दङग देखिन्थे ।
मेनरोडमा आधा घण्टा त सवारी जामनै भयो । तर पनि सहकारीको ब्यानर अगाढी राखेर रंङगी बिरंङगी पोसाकमा सजिएका महिलाहरुको लामो लाइन सकिएकै थिएन । ६२ औं राष्ट्रिय सहकारी दिवसका अबसरमा प्रदेश ३ को मूमि, कृर्षि तया सहकारी मन्त्रालयको आयोजनामा गरिएको ¥यालीमा एका बिहानै मकवानपुरका गाउँगाउँबाट बस रिजभ गरेर सहकारीकर्मी महिलाहरु हेटौंडा आईपुगेका थिए ।
सहकारी दिवस मुल समारोह समिती सहित जिल्लामा क्रियाशिल सहकारीहरुको सहभागितामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट निकालिएको प्रभातफेरी हेडम्बी चोक, बुद्ध चोक, सिमा चोक, मेनरोड हुदै हेटौँडा ४ मा रहेको बासुदेव सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
राष्ट्रिय सहकारी दिवस मुल समारोह समितीका संयोजम बद«ी लम्सालको सभाध्यक्षता तथा भूमि, कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश ३ संसद सदस्यहरु, विभिन्न गाउपालिका प्रमुख तथा उपप्रमुख, हेटौँडा नगर प्रमुख सहित विभिन्न सहकारीमा आवद्ध भएकाहरुको सहभागिता रहेको थियो ।