क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको भूभाग फिर्ताका लागि आन्दोलन गर्ने

जनपत्र
१३ मंसिर २०७७, शनिबार ०६:३९

नेकपा क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको भूभाग फिर्ता, एमसिसी, भ्रष्टाचार र महँगीलगायतका मुद्दामा आन्दोलन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले यो विषयलाई लिएर यही मंसिर २५ गते काठमाडौंसहित देशका सबै प्रदेशमा विरोध प्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा महासचिव मोहन वैद्य किरणले पेस गरेको अहिले विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको दिशासम्बन्धी विषयमा आधारित राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*