२५ वर्षकी युवतीको जिउ खुम्चिएर ३ वर्षको बच्चाजस्तै

जनपत्र
२० चैत्र २०७५, बुधबार १२:४६

खाटका सुताइएकी यी २५ वर्षकी महिला हुन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । यिनको जिउ ३ वर्षको बच्चाको जत्रो छ ।
पूर्वी भारतको झाकर्दस्थित छत्राकी यी कुमारी कुन्ती नामकी महिलाको जिउका हड्डी यतिधेरै कमजोर छन् की उनको जिउ नै खुम्चिएको छ ।
९ वर्षको उमेरदेखि उनमा यस्तो समस्या देखापर्न थालेको थियो । तर किशोरावस्थामा पुगेपछि समस्या बढ्दै गयो । उनका हड्डी निकै कमजोर बने र जिउ खुम्चिँदै गयो । पछिल्लो १०वर्षमा उनको जिउ २ फुटले खुम्चिसकेको छ । पहिले ४ फुट लम्बाइकी कुन्तीको जिउ अहिले केवल २ फुट मात्र लामो छ । उनी हिँडडुल गर्न सक्दिनन् ।
उनीचिकित्सा भाषामा अस्टियोजेनेसिस इम्पर्फटा नामक रोगबाट पीडित छन् । यो हड्डी सम्बन्धी निकै दुर्लभ रोग हो, जसका कारण हड्डी निकै कमजोर हुन्छन् । यो रोगको कुनै उपचार छैन । औषधि त केवल दुखाइ कम गर्नका लागि खाने हो ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*