म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

जनपत्र
११ मंसिर २०७७, बिहीबार ०७:०८

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई १–० ले पराजित गरेको हो ।

३६ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर म्यानचेस्टर सिटीको जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको दुई खेल बाँकी हुँदा १२ अंक भएको छ । तेस्रो स्थानको ओलम्पिकासको तीन अंक रहेको छ ।

सोही समूह अन्तर्गत बुधबार राति भएको खेलमा मार्सेइलीलाई २–० ले पराजित गरेको एफसी पोर्टो ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*