बलिउडका किंग खान पनि थिए डिप्रेसनका शिकार
अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि बलिउडकर्मीहरु आफ्नो डिप्रेशनको बारेमा खुलेरै बोल्न थालेका छन् । अभिनेत्री दीपिका पादुकोण, कंगना रनौत र पछिल्लो समयमात्रै अभिनेता आमिर खानकी छोरी इरा खानले पनि आफू ४ वर्षसम्म डिप्रेशनमा रहेको बताइन् ।
यस्तैमा हालै बलिउडका किंग खानका रुपमा परिचित शाहरुख खान पनि डिप्रेशनको शिकार भएको खबर बाहिरिएको छ । यसबारे खासै खुलेर मिडियामा नआएका शाहरुखले ‘फिल्मीबीट’ मा दिएको अन्तर्वाताका क्रममा आफू पनि कुनै समय यो अवस्थामा भएको खुलाएका हुन् । सन् २००८ मा छायांकनको क्रममा दुर्घटना हुँदा उनको काँधको लिगामेन्टको शल्यक्रिया गर्नुपरेको थियो । त्यो समयमा आफू एक्लो महसुस भएर डिप्रेशनको शिकार भएको उनले बताएका हुन् ।
यसका साथै आफ्नो भावनाहरु व्यक्त गर्न नसक्दा धेरैले उनलाई गलत तरिकाले बुझ्ने गरेको सत्य पनि खोले । उनले भने, “म माया, मित्रता र रिसलाई राम्रोसँग व्यक्त गर्न सक्दिन । किनभने म चलचित्रको पर्दामा देखिएको भन्दै विलकुलै भिन्न शान्त र एक्लै बस्न रुचाउने स्वभावको छु । म आफ्नो मनको भावना पोख्न सक्दिन जसका कारण मलाई गलत गरिकाले बुझ्छन् ।”
(नवभारत टाइम्स/सम्पादित अंश)







