स्थानीय र प्रदेश सरकारको एक आपसमा गुनासो

हेटौंडा / प्रदेश नम्बर ३ का स्थानीय तहका दुईवटा महासंघले प्रदेश सरकारकै राजधानी हेटौंडामा आएर मागैमागका चाङ समेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल नगरपािलका संघ तथा गाउँपालिका राष्ट्रि महासंघ नेपाल प्रदेश नम्बर –३ कमिटीको हेटौंडामा संयुक्त बैठक बसेर दुईपेज लामो १६ वटा बुदा समेटिएको ध्यानकर्षण पत्र बुझाएका हुन् । प्रदेश सरकारलाइृ गुनासो, आग्रह र सहकार्यका बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएका हुन् ।
कार्यक्रममा स्थानिय सरकारका प्रमुख तथा प्रतिनिधिहरुले प्रदेश सरकारलाइ गुनासो गर्ने र प्रदेश सरकारले स्थानिय सरकारलाई आफुलाई परेका समस्याका गुनासोहरु गर्न भ्याए । गुनासै गुनासोका बिच पनि दुबै सरकार एक आपसमा सहमती र सकार्यबाट मात्र काम गर्नका लागि तयार रहेको बताएका छन् ।
स्थानिय सरकारको प्रतिनिधित्व गर्दै नेपाल नगरपालिका संघ प्रदेश ३ का प्रमुख भरतबहादुर केसी र गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ का अध्यक्ष इस्वरचन्द्र पोख्रेलले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रदेश सरकारका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दुबै संस्थाले प्रदेश र स्थानयि सरकारका बिचमा समन्वय र सहकार्यगरेर काम हुनुपर्ने, प्रदेशका सबै मन्त्रालयले साना कामहरुका लागि बजेट पठाएकाले कार्यनयन गर्न जटिल भएको, सार्बजनिक खरिदऐनका कारण बजेट कार्यनयन गर्न समस्या भएको, बजेट र कार्यक्रम दुइतहका सरकारका बिचमा दोहोरीएको बताएका छन् ।
त्यसैगरी आगमी बर्षका लागि बजेट बनाउँदा स्थानिय तहसंग छलफल गर्नुपर्ने, स्थानयि तहको सभाबाट पारित भएका कार्यक्रमलाई मात्र प्राथमिकता दिनुपर्ने, बजेटले दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीको सुरक्षाका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने, मुख्यमन्त्री कार्यालय अन्तरगत दैनिक जनसम्पर्क ईकाई गठन हुनुपर्ने लगायतका बुदा राखेर ध्यानाकर्षण गरिएको हो ।
ध्यानाकर्षण पत्र बुझिसकेपछी आफुले बोल्ने पालोमा प्रदेश ३ का मुख्यमनत्री डोरमणि पौडेलले स्थानयि तहसंग आफ्नो पनि धेरै खालका गुनासा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई स्थानयि तहले सरकारकै रुपमा नहेरेको बताउनुभयो । प्रदेश सरकारले पठाएका निर्देशन नटेर्ने, पठाएका चिठ्ठी पत्रको जवाफ नपठाउने लगायतका कामहरु भएकाले सच्याउनका लागि निर्देशन दिनुभयो । प्रदेश सरकार बिना आधार ब्याबसथापनमा बनेपनि चुनौतीका बिच काम गरिरहेकाले यसलाई बुझ्ना लागि आग्रह गर्नुभयो ।