कानुन राम्रो बनाएर मात्र हुँदैन कार्यनयन पनि हुनुपर्छ –सभामुख श्रेष्ठ

जनपत्र
१९ चैत्र २०७५, मंगलवार १८:०२

हेटौंडा / प्रदेश नम्बर –३ का सभामुख सानुकुमार श्रेष्टले प्रदेश सभाले २४ वटा ऐन कानुन निर्माण गरिसकेकाले सबै मिलेर कानर्यनय गर्नका लागि आग्रह गर्नुभएको छ । नेपाल नगरपािलका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा संघ, प्रदेश र सथानिय सरकार समन्वय र सहकार्य बिषयक अन्तर संबाद कार्यक्रमको उध्घाटन् कार्यक्रममा तीनै तहका सरकारले नीति बनाउँदा साझा सूचिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

बिकाश निर्माणका काम गर्दा संघ, प्रदेश र स्थानिय तहले कसले के काम गर्ने हो तयो छुटिनुपर्ने बताउनुभयो । संघिय सरकारले स्थानिय तहले गर्ने काम नगर्न पनि उहाँले सुझाब दिनुभयो । नीति निर्माण राम्रो बनाउने काम संगै कार्यनयन तहपनि राम्रो हुनुपर्ने उहाँको भनाई छ ।

प्रदेश सरकारले महानगरपालिकालाई बजेट पठाएको छ । तर कार्यनयन नगरेको गुनासो गर्नुभयो । पठाएका योजनाको कार्यनयन गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो । अब सबै सरकारले रोजगार मुलक काम गर्नुपर्ने बताउनुभयो । अहिले सहकारीहरुले ऋण दिने र ब्याज संकलन गर्ने काम मात्र नभईकन रोजगारी सृजन ागर्ने गरी काम गर्नका लागि आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*