हावाहुरी पीडितलाई नेकपा मकवानपुरले सहयोग गर्ने

जनपत्र
१९ चैत्र २०७५, मंगलवार १७:५५

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले बारा र पर्षा जिल्लाका हावाहुरी पीडित परिवारका लागि सहयोग गर्ने भएको छ । नेकपा मकवानपुरको आज हेटौंडामा बसेको बैठकले प्रदेश २ मा हावाहुरीका कारण पिीडित बनेका परिवारका लागि राहत संकलन गरेर सहयोग गर्ने निणय गरेको हो ।

छिमेकी प्रदेशका नागरिकमा समस्या परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने उदेस्यले सहयोग गर्नका लागि निणय गरिएको नेकपा प्रदेश ३ का सांसद मुनु सिग्देलले बताउनुभयो । राहत संकलनका लागि नेकपाले जिल्ला कमिटी, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडास्तरका कमिटीहरुलाई परिचालन गर्ने निणय गरेको छ ।

सबै तहका कमिटीबाट संकलन गरिएको राहत यही चैत २४ गते भित्रमा नेकपा पार्टी कार्यालय पुस्पलाल पार्कमा जम्मा गर्ने निणय भएको छ । जम्मा भएको राहत बारा र पर्षाका हुरीबाट प्रभाबितहरुलाई सहयोग गर्ने नेकपाले जनाएको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु केदार न्यौपाने, कुमारी मोत्त mान, नेकपाका प्रदेश सदस्यहरु प्रेमबहादुर पुलामी, ओम घलान, मुनु सिग्देल जिल्ला स्तरका नेताहरुको बैठकमा सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*