प्रदेश ३ सरकारले हावाहुरी पीडित परिवारलाई एक करोड रुपैयाँ दिने निर्णय

जनपत्र
१९ चैत्र २०७५, मंगलवार १०:४९

हेटौंडा /तीन नम्बर प्रदेश सरकारले छिमेकी प्रदेशका जनता बिपत्तिमा परेका बेला सहयोग पु¥याउने उदेस्यले एक करोड रुपैयाँ दिने निणय गरेको छ । प्रदेश ३ को आज बिहान बसेको मन्त्री परिषदको बैठकले छिमेकी प्रदेशमा बिपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निणय गरिएको हो ।

प्रदेश नम्बर २ को बारा र पर्षामा हावाहुरीका कारण घरबार बिहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रबक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । मकवानपुरको छिमेकी जिल्ला समेत रहेको बारा र पर्षा जिल्लामा दुईदिन अगाढीको हावाहुरीका कारण सयौ परिवारको घर ध्वस्त पारेको छ । यसमा थोरी भनेपनि सहानुभूति दिलाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने निणय गरेको उहाँले बताउनुभयो ।


मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश ३ को मन्त्रीपरिषदको बैठकले यो एक करोड रुपैयाँ प्रदेश २ सरकारको खातामा हालिदिने भएको हो । हिजो मात्र मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाईते र तिनका आफन्तहरु संग समेत बिरगन्ज र कलैयाँको अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।


यसैगरी मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो फेसबुक पेजमार्फत पनि बारा र पर्षा जिल्लामा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । चैत्र १७ गते राती हावाहुरीका कारण घरबार बिहिन जनताको आवाश निर्माणमा राहत स्वरुप प्रदेश नम्बर २ सरकार मार्फत पीडितलाइ एक करोड सहयोग दिने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*