ओलीले पनि सचिवालयमा छुट्टै प्रस्ताव ल्याउने, केन्द्रीय कमिटी बैठक २५ गते बस्ने

जनपत्र
४ मंसिर २०७७, बिहीबार ०५:३५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने भएका छन् । आजको सचिवालय बैठकमा ओलीले आफ्नोतर्फबाट छुट्टै प्रतिवेदन ल्याउने जानकारी गराएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले प्रस्ताव पेस गर्ने कुरा सचिवालयमा जानकारी गराइएको छ । “ओलीको प्रस्तावसमेतलाई लिएर १३ गते सचिवालयको बैठक बस्नेछ,” उनले पत्रकारहरुसँग भने ।

पार्टीको संकट निवारण सम्बन्धमा ओलीले प्रस्तुत गर्ने प्रस्तावमा छलफल गरेर निष्कर्ष निकालिने प्रयत्न गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*