जिल्ला समन्वय समितिद्धारा राक्सीराङ गाँउपालिकाको अनुगमन

जनपत्र
१८ चैत्र २०७५, सोमबार ०७:५५

जिल्ला समन्वय समितिद्धारा राक्सीराङ गाँउपालिकाको कामको अनुगमन
जिल्ला समन्वय समिति मकवानपुरले राक्सीराङ गाँउपालिकाको योजना,सुशासन र प्रकृतिक श्रोतहरुको अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा अनुगमन गरीएको हो । गाँउपालिकाको यो आर्थिक बर्षमा रहेको ४०८ ओटा योजना मध्ये एक सय एक ओटा योजना सम्पन्न भैसकेका छन । यो आर्थिक बर्षको दोश्रो चौमासिक सकिदा सम्म गाँउपालिका संग रहेको कुल २१ करोड ९५ लाख बजेट मध्ये सात करोड १० लाख रुपैया मात्र खर्च भएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले ढुङगा गिट्टी उत्खननबाट राम्रो आम्दानी गर्न सकिने सोचका साथ स्थानिय खोलाबाट एक करोड ५० हजारमा ठेक्का दिएर काम भैरहेको समेत पालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भयो । गाँउपालिकामा अझै पनि स्थायी रुपमा वडा कार्यालयहरु बन्न सकेका छैनन भने कर्मचारीको पनि अभाब रहेको मल्लले बताउनु भयो ।
योजना अनुगमनमा जिल्ला समन्वय समिति सदस्य सानु कान्छी स्याङ्ताङ,समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय,इन्जिनियर त्रिभुबन झा,नासु डिल्लीराम रेग्मी र लेखापाल दुर्गा देबि उप्रेतिको सहभागीता रहेको थियो । गाँउपालिकालाइ समृद्ध र बिकशित बनाउनको लागी आफुहरुले असहजताको बाबजुत पनि काम गरीरहेको अध्यक्ष मल्ल बताउनु हुन्छ ।
यता अनुगमन समितिका संयोजक खुलालले भने गाँउपालिकामा धेरै साना साना किसिमको योजनाहरु भएको बताउदै यसले बजेट धेरै टाँउमा छरीने बताउनु भयो । साथै वडा तहमा नै गएर काम गर्ने जनप्रतिनिधिको कामको प्रसंसा गर्दै जनताको काम सहज तरीकाले सम्पन्न गर्ने बातावरण तय गर्न सुझाब दिनु भयो । यो अनुगमन पछि मुख्य मन्त्रीको कार्यालय तथा संघीय मामिलामा समेत रिर्पोट पुर्याइने खुलालको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*