प्रदेश सभा बैठकमा राजधानीको बिषयले प्रबेश पायो
हेटौंडा । प्रदेश नम्बर –३ को प्रदेश सभा बैठकमा आज राजधानीको बिषयले प्रबेश पाएको छ । प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा पनि राजधानीको बिषयले प्रबेश नपाउँदा चारैतिर आलोचना भर्यरहेका बेला अहिले भने राजधानीको बिषयले प्रबेश पाएको हो ।
आज सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने कार्यबिधि सम्बन्धमा कार्यव्यावस्था परामर्ष समितिको परामर्ष पढेर सुनाउनुभएको थियो ।
प्रदेश ३ को प्रदेशसभा बैठकमा आज प्रदेशको राजधानीको बिषयले प्रबेश पाउने निश्चित भएपछी संसदनै अबरुद्ध गर्छु भनेको प्रतिपक्ष दल कांग्रेसले पनि यसमा सहमती जनाएको छ । राजधानीको बिषय टुङ्गो लगाएपछी मात्र काम गर्न सहज हुने सांसदहरु बताउँछन् । यसअघि बर्षे अधिबेशनमा राजधानीको बिषय टुङगो लगाउने भनेपनि यो काम हुन सकेको थिएन । अब भने यो हिउँदे अधिबेशनमा टुङगो लाग्ने निश्चित भएको छ ।