राजधानी सहमतीबाटनै टुङ्गो लगाउनुपर्छ– मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेशनम्बर –३ का मुख्यमन्त्री डोरमणि पौडेलले सद्भाब र सहमतिबाट प्रदेश राजधानीको बिषय टुङगो लगाउनुपर्ने बताउनुभएको छ । प्रदेश सभामा आजबाट सुरु भएको हिउँदे अधिबेशनको शुभकामना दिदै उहाँले सक्ता पक्ष र प्रतिपक्षको सहमतीबाट राजधानीको बिषय टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
राजधानीको स्थायीत्व नटुङ्गिदा काम गर्नका लागि समस्या भएको बताउँदै उहाँले भन्नुभयो–राजधानीको बिषयलाई लिएर अलग–अलग हुनु हुन्न । अब सबै मिलेर सहमतीबाट टुङगो लगाउनुपर्छ ।’ राजधानीको बिषय प्रदेश सभाको बिषय भएकाले कुनै ब्यक्ति बिशेषबाट नहुनेभएकाले कहिले कहाँ, कसरी टुङगो लगाउने भनेर छलफलबाट अगाढी बढ्नुपर्ने बताउनुभयो । प्रदेश सभाले धेरै खालका बिधेयक पास गर्ने काम गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
दुईमहिनापछी बसेको प्रदेश सभा बैठकलाई संबोधन गर्दै उहाँले राजधानीको बिषयमा धेरै चर्चा परिचर्चा भएकाले यसलाई सबै मिलेर प्रदेश सभाबाट छिट्टै टुङ्ग्याउन आफुहरु तयार रहेको बताउनुभयो ।