राजधानीको बिषयमा सत्तापक्ष र प्रतिपक्ष छैनौ–बानियाँ

जनपत्र
१७ चैत्र २०७५, आईतवार १७:१०

प्रदेशनम्बर–३ प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशको राजधानीको बिषय, बिधि, प्रकृयाबाट टुङ्गो लगाउनका लागि माग गर्नुभएको छ । राजधानीको बिषयमा सत्तापक्ष र प्रतिपक्षको रुपमा आफुहरु नभएको उहाँले बताउनुभयो ।
आजको प्रदेशसभा बैठकमा बोल्दे उहाँले दुईतिहाईको सरकार अहिले कता हो तर राजधानीको बिषय छिटो टुङगो लगाउनुपर्ने उहाँले बताउनुभयो । समृद्ध नेपालको नारा मात्र होईन ब्याबहारमा देखाउनुपर्ने उहाँको भनाई छ । राजधानीको निर्णय गर्न नसक्दा सुरक्षा निकायका प्रदेश स्तरका हेडक्वाटरहरु कहाँ रहने भन्ने समस्या भईरहेको उहाँले बताउनुभयो ।

सभामा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले प्रदेससभा कुम्भकर्णझै निदाएर बसेको आरोप लगाउनुभयो । लामो समय सम्म प्रदेश सभाको बैठक बस्न नसकेको प्रसंगलाई कोट्याउँदै उहाँले संघियताको बिकेन्द्रीकरण सिद्धान्त अनुसार काठमाण्डौ उपत्यका भन्दा टाढा राजधानी राखिनुपर्ने बताउनुभयो । राप्रपा नेपालकी सांसद रिता माझिले पार्टी भन्दा माथि उठेर अब सबैमा काम गर्ने शक्ति मिल्नुपर्ने बताउनुभयो । राप्रपा संयुक्तकी सांसद रिना गुरुङले प्रदेश ३ अरु प्रदेशको तुलनामा सबै काममा पछाडी परेको आरोप लगाउनुभयो । अर्का प्रदेश सभाका सदस्य प्रेमबहादुर तामाङले प्रदेशसभा उल्टो गतिमा अगाढी बढेको आरोप लगाउनुभयो । अब राजधत्रानीको नाम नेवा ताम्सालिङ राख्न पनि माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*