विहारमा चौथो पटक पनि भाजपा र जेडीयुको एनडीए गठवन्धनलाई वहुमत

जनपत्र
२६ कार्तिक २०७७, बुधबार ०६:१५

नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो । चुनावी मतसर्वेक्षणहरुलाई गलत सावित गर्दै एनडीए गठवन्धन सरकार बनाउने अवस्थामा पुगेको हो। सबै सर्वेक्षणहरुले विहारमा आरजेडीको नेतृत्वमा सरकार बनाउने देखाइएको थियो ।

विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ । बहुमतका लागि चाहिने १२२ भन्दा बढी सीटमा एनडीएले चुनाव जीतेको दावी गर्दै भाजपाले सरकार बनाउने दावी गरेको हो ।

अघिल्लो चुनावमा भन्दा नितिश कुमारको जनता दल युनाइटेडले खराब प्रदर्शन गरेपनि भाजपाले भने चुनावी नतिजा राम्रो निकालेको छ । गठवन्धनमा जनता दल युनाइटेड भन्दा दोस्रो तहको भूमिकामा रहेको भाजपा अब भने गठवन्धनको प्रमुख दल भएको छ ।

राष्ट्रिय जनता दल आरजेडी र कांग्रेसको गठवन्धनले भने १११ सीटमा अग्रता कायम राखेको छ । यद्यपी विहारको ठूलो दलको रुपमा भने आरजेडी नै अगाडी आएको छ । त्यसपछि भाजपा दोस्रो ठूलो दलको रुपमा आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा एनडीएले चुनाव जीतेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् । विहारका लागि भाजपाका चुनाव प्रभारी देवेन्द्र फणनविसले ट्वीट गर्दै विहारले जंगलराज नचाहेको प्रष्ट सन्देश दिएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*