दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

जनपत्र
२६ कार्तिक २०७७, बुधबार ०५:५६

इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*