नेपालकै लामो भर्याङमा छायाँकन गरिएको गित सार्वजनिक(भिडियो सहित)

जनपत्र
२३ कार्तिक २०७७, आईतवार १९:२२

हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भ¥याङमा छायांकन भएको गाजालु आँखैले बोलको गित सार्वजनिक भएको छ । हेटौंडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गित थाहा नगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।

पर्यटकीय नगरीको सुन्दर दृश्य सहित तामाङ जातिमा हुने सोल्टा सोल्टीनीको प्रेम दर्शाइएको उक्त गितमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगर मुख्य भुमिकामा रहेका छन् । स्थानीय लोक संस्कृतिको झल्को दिने शैलीमा युवा युवतीका प्रेम देखिन्छ । गायक मगरको क्या राम्री बोलको गितको शृङख्ला दूईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् ।

म्युजिक भिडियो एजे टिम हेटौंडाले खिचेको हो भने संगित संयोजनमा अमृत ल्वागुनले गरेका हुन् । गितमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तानको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*