प्रदेश ३ को प्रदेशसभा बैठकमा आज: राजधानीको बिषयमा प्रबेश हुँदै

हेटौंडार प्रदेश ३ को प्रदेशसभा बैठकमा आज प्रदेशको राजधानीको बिषयले प्रबेश पाउने भएको छ । प्रदेश नम्बर ३ को बर्षे अबिधेशन सकिएको ३ महिनापछी बल्ल आजबाट हिउँदे अबिधेशन सुरु हुन लागेको हो ।
नेकपाका संसदिय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री डोरमणी पौडेल सहितको प्रदेश सभामा आज बसेको संसदिय परामर्ष समितिको बैठकले प्रदेश सभामा राजधानीको बिषयले प्रबेश पाउने निर्णय गरिएको हो । बर्षे अबिधेशन सकिएको ९४ दिनपछी सभामुख सानुकुमार श्रेष्टले हिउँदे अबिधेशन डाक्नुभएको हो । दिउँदे अबिधेशनमा लामो समयदेखि प्रदेशवासीको चासोको रुपमा रहेको राजधानीको विषयले पनि प्रवेश पाउने संकेत देखिएको छ । राजधानी हेटौंडानै रहने वा अन्यत्र सार्ने भन्ने विषयमा र नामाकरणको विषयमा आजबाट सुरु हुने अधिवेशनमा छलफल गरिने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रदेश प्रमुख अनुराधा कोईरालाले आज दिउँसो ३ बजे अधिवेशनको लागि आव्हान गरेकी छिन् ।आजबाट सुरु हुने हिउँदे अधिवेशनमा अधिवेशनमा छलफलको लागि प्रदेश सचिवालयमा ३ वटा संशोधन वियेयक सहित ७ वटा विधेयक दर्ता भएका छन् ।
सभामा गत पुस महिनामै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धि ऐनको संशोधन विधेयक, गत माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ को संशोधन विधेयक, गत फागुनमा कर तथा गैरकर राजश्व सम्वन्धि ऐनको संशोधन विधेयक दर्ता भएका छन् । यस्तै प्रदेशसभामा प्रदेश राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सहकारी सम्वन्धि विधेयक, सूचनाको हक सम्वन्धि विधेयक, प्रादेशिक व्यापार व्यवसाय सम्वन्धि विधेयक, प्रदेशको सार्वजनिक सडक व्यवस्था तथा सञ्चालन विधेयक दर्ताको तयारीमा रहेको जानकारी छ ।