संसदिय दलका उपनेता, मुख्य सचेतक र सचेतक चयन

जनपत्र
१७ चैत्र २०७५, आईतवार १३:३०

नेकपा संसदिय दल ३ नम्बर प्रदेशको बैठकले संसदिय दलको उपनेतामा शालिकराम जम्कट्टेललाई चयन गरेको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका जम्कट्टेल तत्कालीन नेकपा माओवादी केन्द्रमा भने प्रदेशका नेता हुनुहुन्थ्यो ।

यसैगरि नेकपा ३ नम्बर प्रदेशको मुख्य सचेतकमा रामेश्वर फुयाललाई चयन गरिएको छ । तत्कालीन नेकपा एमालेमा उहाँ प्रदेशको मुख्य सचेतक नै हुनुहुन्थ्यो । यसैगरी सचेतकमा बुद्धिमान माझीलाई चयन गरिएको छ । संसदिय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उहाँहरुको नाम प्रस्ताव गरेपश्चात सर्बसम्मत चयन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*