डि मारियाको दोहोरो गोलमा पीएसजीको जित

जनपत्र
२३ कार्तिक २०७७, आईतवार ०७:२९

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले रेनेसमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले ३-० को सहज जित निकालेको हो। पीएसजीको जितमा एन्जेल डि मारियाले दुई गोल र मोइस किनले १ गोल गरे।

घरेलु टोलीले खेलको ११ औं मिनेटमा डि मारियाको पासमा किनको गोल गर्दा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा डि मारियाले गोल गर्दा पहिलो हाफमा पीएसजी २ गोलले अघि रह्यो। दोस्रो हाफमा पनि डि मारियाले नै गोल थपे। उनले ७३ औं मिनेटमा गोल गर्दा पीएसजीले ३(० को सहज जित निकाल्यो। खेलमा पीएसजीका दुई स्टार खेलाडी किलियन एम्बाप्पे र नेइमार जुनियर चोटका कारण मैदानमा उत्रिएनन्। १० खेलबाट २४ अंक जोडेको पीएसजी लिगको अंकतालिकामा शीर्ष स्थानमा छ। त्यस्तै रेनेस १८ अंकसहित तेस्रो स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*