बाइडेनले गलत तरिकाले राष्ट्रपति दाबि गर्न मिल्दैन – डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले गलत तरिकाले राष्ट्रपति दाबि गर्न नमिल्ने बताएका छन् । जारी मतगणना प्रति असन्तुष्टि जनाउदै राष्ट्रपति ट्रम्पले आफुले पनि यस्तो दाबि गर्न सक्ने बताएका छन् । ट्रम्पले कानुनी प्रक्रियाले आफुलाई विजयी बनाउने दाबि गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै ट्रम्पले निर्वाचन राति आफुले पाएको अग्रता गायब गरिएको बताएका छन् । उनले यसका लागि कानुनी लडाई लड्ने स्पष्ट गरेपछि अमेरिकी राष्ट्रपति निर्वाचनको विवाद बढ्ने संकेत देखिएको छ । ट्रम्पले कैयौ राज्यमा फर्जी मत गणना भएको भन्दै मुद्धा दायर गरेका छन् ।
ट्रम्पले मतदानमा धाधली भएको दाबी गरिरहेपनि स्पष्ट प्रमाण ल्याउन नसकेको भन्दै उनकै पार्टी रिपब्लिकन पार्टीले समेत साथ नदिएको देखिएको छ । तर बाइडेन जित नजिक पुगेको अवस्थामा सजिलै अमेरिकामा सत्ता हस्तान्तरण भने हुने संकेत देखिएको छैन ।







