नेकपा मकवानपुरका जिल्ला नेताहरुद्धारा आन्तरिक बिबाद समाधानका लागी दबाब

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार १८:१८

हेटौंडा । राजनैतीक अस्थिरताको कालो बादललाई चिर्दै हजारौ शहिदहरुको बलिदान, लाखौ कार्यकर्ताको त्याग र समर्पणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । अहिले राजनैतिक स्थिरता कायम हुदै, देश र जनताले आशा गर्ने अवस्था श्रृजना पनि भएको छ । सबैखाले आन्दोलनबाट प्राप्त गर्ने लक्ष्य राज्यसत्ता प्राप्ति, संचालन र क्रमशः आफ्नो कार्यनितिलाई लागुगर्दै रणनैतिक लक्ष्य प्राप्त गर्ने नै हो ।

ईतिहासमा आशा र भरोसा गरेर नेपाली जनताले कुनै व्यक्ती सत्तामा पुग्छ वा पुग्दैन भन्ने भन्दा पनि नेकपाका नेताहरु र हजारौ हजार गाँउ टोलसम्म रहेका कार्यकर्ताको त्याग तपस्या र अनुहार हेरेर मत दिएका हुन र केही अपेक्षा गरेका हुन । त्यसैले कार्यकर्ताले विश्वास गरेका नेताहरुको आपसी असमझदारीले कार्यकर्ता र जनतामा जुन निरासा आउने गरी विवाद छताछुल्ल भएको छ यो अत्यन्तै पिडादायी भएको नेकपा मकवानपुरका नेता धुर्ब प्रसाद चौलागाईले वताउनुभयो । नेकपाको आन्तरिक विवादले देश जनताको स्थायी सरकार हुन्छ र देशमा केही प्रगतिशिल काम हुन्छ भन्ने अपेक्षा धुमिल हुनेहोकी भन्ने शंका उव्जन गएको छ ।

यस्तो कार्यले कसैको पनि हित नहुने र कम्युनिष्ट आन्दोलनलाई नै घाटा भई देश र जनताका ईच्छा आकक्षा, साहानुभुती धारासायी हुनजाने हुदा यस्ता कार्य रोक्न र आन्तरिक रुपमा समस्या समाधान गर्नको लागि हामीहरु जोडदार रुपमा माग गरिएको चौलागाईले वताउनुभयो । यदी यस्ता अपाच्य विावदहरु गरिरहने हो भने आम कार्यकर्ताको तहवाट नेतृत्वलाई खवरदारी गर्दै लेनिनबदी संगठनात्मक सिद्धान्त अनुसार अगाडी वढन बढाउन सबैले आ–आफ्नो ठाँउबाट दबाब श्रृजना गर्नु अहिलेको आवश्यक्त पनि भएकाले समस्याको स्थायी समाधान खोजी माथिल्लो नेतृत्वले नेतृत्व हस्तान्तरण गरेर समस्या समाधान हुन्छभने यसतर्फ पनि सोचविचार गरी देश र जनताको अपेक्षा अनुसार अगाडी बढन समेत सवै तह र तप्काका नेता कार्यकर्ताहरुलाई आग्रह गर्दछौ र कार्यकर्ताको तहवाट पार्टीको आन्तरिक विवाद समाधानको लागी पार्टी महासचिबले गारेको आव्हान बामोजिम आवाज उठाउन समेत अनुरोध गर्दछौ भनि प्रेश बिज्ञप्तिमा भनिएको छ ।

संयुक्त प्रेश विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी, सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी, सदस्यहरु, ध्रुब प्रसाद चौलागाई हेटौडा , गौतम बुद्ध लामा आग्रा , खेमराज मगर फापरवारी, लोकनाथ गौतम छतिवन,  सरोज खनाल थाहा नगरपालिका, शंकर राई हटिया, श्याम सुन्दर परियार हेटौडा, कल्याण विक्रम घलान थाहा नगरपालिका, कृष्ण प्रसाद चौलागाई छतिवन, विजी गौतम प्रवासी हेटौडा, विनोद रिजाल हेटौडा, उपेन्द्र अधिकारी हेटौडा, आत्माराम मुक्तान हेटौडा, त्यसै गरी बकैया गाँउपालिका अध्यक्ष नारायण तिमल्सिना धियाल,  ईन्द्र सरोवर गाँउपालिका अध्यक्ष रिषीराम पुडासैनी कुलेखानी, बागमती गाँउपालिका सचिब उत्तम पौडेल राईगाँउ, मनहरी गाँउपालिका सचिब हेमलाल उप्रेती मनहरी, नेकपा बागमती प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य विनोद महर्जन बज्रवाराही, नेकपा मकवानपुर काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष जगत कुमार थिङ्ग छतीवन समेत रहेको ध्रुब प्रसाद चौलागाईले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*