संसारकै शक्तिशाली पद अमेरिकी राष्ट्रपति चुनावमा कति खर्च हुन्छ ?

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार ०७:२९

यतिबेला विश्वभर अमेरिकी राष्ट्रपति चुनावको चर्चा छ । मैदानमा डेमोक्र्याट उम्मेदवार जो बाइडेन र रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । अहिले विश्वभर नै सबैभन्दा बढी चर्चामा रहेको यो चुनावमा कति खर्च हुन्छ रु यो प्रश्नको उत्तर धेरैले खोजेका छन् । विश्वकै शक्तिशाली पद मानिएको अमेरिकी राष्ट्रपति छान्ने प्रक्रियामा पक्कै पनि अर्बौ डलर खर्च हुन्छ । नेपालमा जस्तो त्यहाँ यतिमात्र खर्च गर्न पाइन्छ भन्ने सीमा नतोकिएकालेसमेत धेरै खर्च हुने गरेको पाइएको छ ।

बीबीसीले उल्लेख गरे अनुसार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको अभियानमा ६।५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । यस पटकको निर्वाचन अलिकति फरक भए पनि ठूलो रकम खर्च भएको देखिन्छ । विगत पाँचवटा निर्वाचनमा उम्मेदवारहरुले औसतमा दुई अर्ब डलरभन्दा बढी खर्च गरेको देखिन्छ । अमेरिकी चुनावमा बढी खर्च सञ्चारमाध्यममा प्रचारका लागि हुने गरेको छ । टीभी विज्ञान महंगा हुने गरेका छन् । पछिल्लो समय भने डिजिटल माध्यमलाई प्राथमिकता दिइएको छ । त्यसमा ठूलो रकम खर्च हुन्छ ।

चुनावको क्रममा कर्मचारीका लागि ठूलो खर्च हुने गरेको छ । सन् २०१६ को चुनावमा हिलारी क्विन्टनले मात्र कर्मचारीलाई ८।५ करोड डलर दिएकी थिइन् । त्यहाँको निर्वाचन अभियानसमेत खर्चिलो हुने गरेको छ । चुनावी दौडलमा २०१६ मा डोनाल्ड ट्रम्प र क्विन्टनले अनुमानित ४।५ करोड डलर खर्च गरेका थिए । अमेरिकी राष्ट्रपति चुनावको क्रममा मतदाताले अमेरिकी कांग्रेसका सदस्यसमेत छान्ने गर्छन् । जसका लागि देशभर सयौं उम्मेदवार प्रतिस्पर्धामा हुन्छन् । सबै निर्वाचन अभियानमा ४ अर्ब डलर खर्च हुन्छ ।

खर्च कहाँबाट आएँछ त ?
अमेरिकी चुनावको खर्च अधिकांश चन्दाबाट आउँछ । विगत निर्वाचनमा खर्च भएको रकममध्ये एकतिहाइ जति २०० डलर वा थोरै चन्दा दिने अमेरिकी नागरिकबाट संकलन भएको थियो। अमेरिकी चुनावका लागि २०० जनाभन्दा थोरै व्यक्तिको समूहले मात्रै १ अर्ब डलरजति खर्च जुटाइदिएका थिए । चुनावका लागि उम्मेदवार र दलहरुले पनि चन्दा संकलन गर्न समितिहरु बनाउँछन् । त्यसरी पनि ठूलो रकम जुट्छ ।

अमेरिकी चुनावी अभियानको खर्चबारे केही नियमहरु छन् । त्यहाँ अमेरिकी नागरिकले मात्र चन्दा दिन पाउँछन् । अनि एक व्यक्तिले कुनै उम्मेदवारलाई २८०० डलरभन्दा बढी चन्दा दिन पाउँदैनन् । उम्मेदवारलाई चन्दा दिन मापदण्ड बनाइएको भए पनि दलको कोषमा त्यो भन्दा बढी रकम सहयोग गर्न सकिन्छ। ​

पीएसीएस भनिने स्वतन्त्र समूहहरुले असीमित रकम संकलन गर्छन् । उक्त रकम विविध राजनीतिक गतिविधिको खर्च हुनसक्छ । अमेरिकामा राजनीतिक अभियानमा कति खर्च गर्न पाइन्छ भन्ने कुनै सीमा तोकिएको छैन । त्यो सीमा निर्धारण नहुँदा निर्वाचनहरु धेरै खर्चालु हुन थालेका छन् । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*