जोखिम मोलेर जनताको स्वास्थ्य परिक्षण सुरु गरियो–मन्त्री दुलाल

तीन नम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले प्रदेश सरकारले जोखिम मोलेर मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको बताउनुभएको छ ।
अहिले जिल्ला अस्पतालहरुमा भवन अभाव, जनसक्ति अभाब हुँदा हुँदै पनि निकै चुनौतिका बिचमा यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको उध्घाटन् कार्यक्रममा बोल्दै उहाँले नसर्ने रोगको जोखिम धेरैनै भएकाले यस्ता रोगहरुबाट पिडीत बिरामीहरुको उपचारका लागि यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
तीन नम्बर प्रदेशमा ५५ लाख नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिएको सामाजिक बिकाश मन्त्री दुलालले बताउनुभयो । बिभीन्न १७ थरीका रोगको परिक्षण यो कार्यक्रम अन्तरगत गरिने छ । एक जनाको रोगको परिक्षण गर्नका लागि २ हजार २ सय रुपैयाँ लाग्ने र त्यो रकम अबदेखि प्रदेश सरकारले स्वास्थ्य परिक्षण सुरु गरिएका अस्पताललाई हस्तान्तरण गर्ने भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा तीन नंमबर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, कृर्षि, भूमि, तथा सहकारी मन्त्री दावा दोर्जे लामा, तीन नंम्बर प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, रामेस्वर फूयाल, जुनेली श्रेष्ट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मिना लामा, नेकपा मकवानपुरका नेता बद्री लंसाल, बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो ।