मनहरीमा सामाजिक परिक्षण

जनपत्र
१७ चैत्र २०७५, आईतवार ०७:४७

मनहरी–मनहरी गाउँपालिकालाई समेत कार्यथलो बनाएर काम गरिरहेको गैरसरकारी संस्था डिभलपमेन्ट एक्सचेन्ज सेन्टर डेक नेपालले शनिबार सामाजिक परिक्षण कार्यक्रम गरेको छ ।

मनहरी गाउँपालिकाको केन्द्र रजैयामा आयोजित सरोकारवालाहरु सहभागी भएको समारोहमा डेक नेपालले सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन सार्बजनिक गरेको हो । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सबै गैरसरकारी संस्थाहरुले डेक नेपालले झैँ सामाजिक परिक्षण गरेमा पारदर्शिता र जबाफदेहिता कायम हुने बताए ।

कार्यक्रममा ४ नं वडाका अध्यक्ष ध्रुव खड्काले डेक नेपालले सञ्चालन गरेको पारस्पारिक जबाफदेहिता कार्यक्रमले स्थानीय तहलाई जिम्मेवार बनाउन भूमिका खेलेको बताए । प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक परिक्षक तथा सञ्चारकर्मी शिवकुमार काशीले संस्थाले गरेका कामहरुको सबल पक्ष र सुधार गर्ने पक्षहरु प्रस्तुत गरेका थिए । उनले संस्थाले आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा पनि कार्यसमिति तथा परियोजना निर्देशक र संयोजकहरुलाई सुझाव दिएका थिए ।
डेक नेपालका कार्यसमिति सदस्य जनक कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका वडा नं ४ र ९ का जनप्रतिनिधिहरु, स्थानीय सभाका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*