केपीको संकट पार लाउन अघी सरे प्रदीप, जबज मान्ने पूर्व एमालेहरुलाई संगठित गर्ने प्रयास

जनपत्र
२० कार्तिक २०७७, बिहीबार ०६:५२

आन्तरिक विवादका कारण निकै अप्ठ्यारोमा परेका केपी शर्मा ओलीले आफ्नो सत्ता र शक्ति जोगाउन र पूर्व एमालेलाई एकै स्थानमा ल्याउन पुरै संयन्त्र परिचालित गरेका छन् । ओलीकै चाहना अनुसार गत आइतबारदेखि नै उनको समूह ओली र वरिष्ठ नेता माधव नेपाललाई मिलाउन लागि रहेका छन् । स्रोतका अनुसार आइतबार साँझदेखि लाजिम्पाटस्थित एक होटलमा पटक पटक भेटघाट र छलफल गरिरहेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, आनन्द पोखरेल लगायतका १८ जना भन्दा बढी नेताहरुले ओली नेपाललाई सहमतिमा पुग्ने सूत्र सहित मिलाउन लागिपरेका छन् । ओलीले पनि सोही समूहलाई नेपालसँग भेटघाट गरी सहकार्य गर्न प्रस्ताव गरिरहेका छन् ।

चौतर्फी अप्ठ्यारोमा परेपछि ओलीले हाल नेपालको साथ खोजिरहेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो अप्ठ्यारो फुकाउन फेरि अनेक दाऊ चाल्न थालेका हुन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई अझ अप्ठ्यारोमा पार्दै कर्नरमा राख्ने योजनाका साथ ओलीले अहिले तत्कालिन एमाले समुह एक हुनुपर्ने भन्दै पोखरेल र अन्य नेताहरुलाई परिचालन गरेका हुन् । आइतबारदेखि उपप्रधानमन्त्री पोखरेल लगायतको भेलापछि सोमबार शंकर पोखरेल, विष्णु रिमाल, राजन भट्टराई सूर्य थापा र भानुभक्त ढकालहरु प्रदीप नेपालको घर पुगेर केपी –माधव मिलाउनु पर्यो भन्दै हारगुहार गरेका थिए । त्यसपछि प्रदीप नेपालले माधव नेपाललाई फोन गरेर आफू भेट्न आउन लागेको बताएपनि माधव नेपाल आफै प्रदीपलाई भेट्न गोठाटारस्थित घरमा पुगेका थिए । अहिलेको यो प्रस्ताव अनुसार ओली र नेपाल एक ठाउँमा आइपुगे भने प्रचण्डको अवस्था तत्कालिन एमालेमा विलय भएको मालेका बामदेव गौतमको अवस्था हुने स्वयं नेकपाका नेताहरु बताउन थालेका छन् ।

पार्टीका केन्द्रीय सदस्य मात्र रहेका तर सक्रिय राजनीतिबाट ओझेल लागेर स्वास्थ्यका कारण घरमै आराम गरी बसेका प्रदीप नेपाललाई केपी माधव मिलाउनु पर्यो भन्दै ओलीका सल्लाहकारहरु पुगेका थिए । प्रदीप नेपालले जनताको बहुदलीय जनवाद छोडेर प्रचण्ड नेपाल मिल्न नसक्ने बताउदै आएका थिए । तर माधव नेपाल भने यो विषयमा केही बताएका छैनन् । दुई नेपालको भेटपछि माधव नेपालले ओलीसँग विश्वास नभएको बताएका थिए । ‘तपाई सक्रिय भईदिनुपर्यो, ‘जवज’ कै कार्यदिशाका आधारमा ओली र माधवलाई मिलाउनु पर्यो,’ भन्दै प्रदीप नेपाल निवास प्रधानमन्त्री ओली चलाउने भित्रिया टोलीका ५ भाई पुगेका थिए । त्यसक्रममा नेपालले आफ्नो पार्टी जिम्मेवारीमा चासो राखेका थिए । स्रोतका अनुसार, मेरो जिम्मेवारी नै केही छैन्, मैले कसरी मिलाउने रु भन्दै उनले पार्टीमा ओली र नेपाल मिलाउन भूमिका खेलेको आधारमा के जिम्मेबारी पाउने भन्नेमा चासो राखेका थिए । स्रोतका अनुसार त्यसवापत आफुलाई सचिवालयमा राख्नुपर्ने, त्यो सम्भव नभए स्थायी समिति र सल्लाहकार परिषद्को अध्यक्ष बनाउनु पर्ने गरी जिम्मेवारी तय गर्नुपर्ने आफ्नो प्रस्ताव पनि अगाडी बढाएको स्रोतले बताएको छ । प्रदीप नेपालले अब पार्टी महाधिवशेनबाट ओली अध्यक्ष नउठेर माधव नेपाललाई सहयोग गर्ने भए आफु त्यसका लागि छलफल गर्न तयार रहेको पनि बताएका थिए । ओलीका टिमसँग नेपालले यस्तो प्रस्ताव राखेपछि महत्वपूर्ण जिम्मेवारीमा ब्यवस्थापन गर्ने त्यसबारेमा ओलीलाई भन्ने भन्दै उनीहरु फर्केका थिए ।

ओलीका सल्लाहकार फर्केपछि वरिष्ठ नेता नेपाल प्रदीप नेपालको निवासमा माधव नेपाल सोमबार दिउँसो २ बजे पुगेका थिए । उनीहरुबीच दुई घण्टा लामो छलफल भएको थियो । छलफलमा माधव नेपालले भनेको कुरा गर्दैनन भन्दै ओलीप्रति अविश्वास प्रकट गरेका थिए । प्रदीप नेपालले अबको महाधिवशेनबाट तपाईलाई पार्टी अध्यक्ष बनाउने, त्यसमा ओलीले सहयोग गर्ने, पूर्व एमालेहरु एकढिक्का बन्ने, जवजको कार्यक्रम लागु गरेर जाने विषयमा लिखित सम्झौता गरौं, ओलीसँग तपाई तयार हुनुहोस, ओलीसँग मिल्नुस भन्ने प्रस्ताव राख्दै सहमति गर्ने बेलामा आफूहरु पनि सँगै बस्ने भन्दै माधव नेपाललाई फकाएका थिए । तर माधव नेपालले ओलीको विश्वास गर्न नसकिने भन्दै फर्केका थिए । यद्यपी संवादहरु सकारात्मक रुपमा अघी बढेपछि ओली सहज अनुभत गर्न भने थालेका छन्। हाम्रोकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*