दोस्रो शहिद स्मृती गोल्डकपको उपाधी मकवानपुर –११ को पोल्टामा

जनपत्र
१६ चैत्र २०७५, शनिबार १९:१०

हेटौंडामा सम्पन्न भुगर्भ सिमेन्ट दोस्रो सहिद स्मृती मकवानपुर गोल्डकप २०७५ को उपाधी रिगल हेटौंडा रिसोर्ट मकवानपुर –११ ले चुम्न सफल भएको छ । प्रतियोगिताको फाईनल खेलमा दाउफिन्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै मकवानपुर ११ ले उपाधि जित्न सफल भएको हो । मकवानपुरका तर्फबाट दुबैगोल योगेश गुरुङले गर्न सफल भए ।

उनले खेलको ८ मिनेट र खेलको ८१ औ मिनेटमा गरेको गोललेनै उपाधि जित्न सफल बनायो । दुबैगोल पेनाल्टी सुट आउटका आधारमा गुरुङले गोल गरे । यता दाउफिन्सका तर्फबाट खेलको चौथो मिनेटमा यानीको वानाले गोल गरेका थिए । त्यसपछी दाउफिन्सले कुनैपनि गोल गर्न नसकेकाले मकवानपुरे खेलाडीले आफ्नै खेलमैदानमा उपाधि जित्न सफल भए ।

बिजयी भएसंगै मकवानपुर ११ ले आठ लाख रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । बिजयी टिमलाई हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी दोस्रो हुने दाउफिन्सले नगद ४ लाख रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । दोस्रो हुने टिमलाई मेयर महतले सिल्ड प्रदान गर्नुभयो भने हेटौंडा स्कुलअफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोसीले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी फुटबल खेलमा सर्बोत्कृष्ट खेलाडी मकवानपुर ११ का गोलकिपर असोक बराल हुन सफल भएका छन् । उनलाई नगद ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

२०६४ सालमा हेटौंडामा फुटबलको ठूलो प्रतियोगिता यछी यहाँ सम्भवत पहिलो पटक राष्ट्रिय फुटबलको महाकुम्भ नै लागेको थियो । खेलप्रेमीको उपस्थितिले वनविज्ञान अध्ययन संस्थानको चौर भरिभराउ थियो । रुखमा चढेर पनि दर्शकले खेल हेरे । रुखबाट लडेर कतिपय दर्शक दुर्घटनामा पनि परे । त्यही गोल्डकपलाई सम्झाउने फुटबलको राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण अहिले हेटौंडामा सकिएको छ ।
०६४ साल असार २५ गतेदेखि साउन ५ गतेसम्म ‘जनआन्दोलन शहिद–२ स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता’को नामले प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताको उपाधि नेपालकै चर्चित ए डिभिजन क्लब थ्री स्टारले उचालेको थियो । डिफेण्डिङ च्याम्पियन थ्री स्टार बिहीवारको सेमिफाइनल खेलमा दाउफिन्ससँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
थ्री स्टारले पहिलो संस्करणको शिल्ड हेटौंडा ल्याएको थियो । ‘११ वर्षअघि सोही मैदानबाट उचालेको शिल्ड थ्रीस्टारले पुनः २०७५ चैतमा हेटौंडा ल्यायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*