शिक्षाको गुणस्तर सुधारका लागि पुर्ब बिद्यार्थीहरुको आग्रह

शारदा माबिको शैक्षिक, भौतिक र गुणस्तिरिय स्तरबृद्धीमा पुर्ब बिदार्थीहरुको सहयोगको प्रतिबद्धता
जनपत्र
१६ चैत्र २०७५, शनिबार १८:५०

शारदा माध्यामिक विद्यालय मकवानपुर गढी ५ आमभञ्ज्याङको पूर्व विद्यार्थीहरुको भेला आज विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । विब्यस अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख एवम् पूर्व विद्यार्थी भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो भने मकवानपुर गढी गाउपालिका अध्यक्ष एवम् पूर्व विद्यार्थी विदुर हुमगाईको विशेष आतिथ्यता रहेको थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण र गुणस्तर सुधारका लागि पूर्व विद्यार्थी संगठन गठन गर्नु अघि यस्तो भेला गरिएको शिक्षक सिताराम दाहालले बताउनुभयो । भेलाकै दिन विभिन्न समयका पूर्व विद्यार्थीहरुले करिव ५ लाख ५० हजार रकम बराबर सहयोगको प्रतिबद्धता समेत जनाएका हुन् । उता पूर्व विद्यार्थीहरुमध्येकै केहिले भने स्वस्थ पिउने पानी तथा पुस्तकालयका लागि आवश्यक पर्ने सामग्रीहरु दिने प्रतिवद्धता ब्यक्त गरेका छन् । विद्यालयको प्रशासनिक प्रधानाध्यापक परिवर्तन भएसंगै नयाँपनको आभाष दिलाउन प्रत्यक्ष सहभागिताका निम्ति यस्तो अभियान थालिएको समेत दाहालले बताउनुभयो ।

आफूले अभावका बीचमा ज्याला गरेर पढ्नुपरेको दिन संझदै आफैंले पढेको विद्यालयमा आफै प्रधानाध्यापक हुदा अरु पुस्ताले त्यस्तो दुख खेप्नु नपर्ने भन्दै प्रअ ईन्द्रबहादुर कार्कीले सबैमाझ प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ । कार्यक्रममा वडा नं ५ का अध्यक्ष जीत बहादुर घिमिरे, पूर्व प्रअ भगवान घिमिरे, शिक्षक भरत सञ्जेल, समाजसेवी यतिराज सापकोटा, बलराम घिमिरे, उद्धव प्रसाद भट्टराई, लगायत का ब्यक्तिहरुको उपस्थिति रहेको थियो । पूर्व विद्यार्थी एवम् सञ्चारकर्मी कविराज हुमगाईले सञ्चालन गर्नुभएको कार्यक्रममा करिव १५० जना पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको पूर्व विद्यार्थी सुनिल गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*