महासंघ मकवानपुर शाखाको पुस्तकालय उद्घाटन तथा अन्तरक्रिया
हेटौंडा । नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवशका अवसरमा आज हेटौंडा अन्तरक्रिया तथा पुस्कालय उद्घाटन कार्यक्रम गरिएको छ । महासंघ मकवानपुर शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
महासंघ मकवानपुर शाखाको दोस्रो तल्लामा रहेको पुस्कालयको आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।पत्रकारको पुस्तकालयका लागि चाहिने पुस्तक सहयोग गर्नका लागि आफु तयार रहेको उहाँले बताउनुभयो । पत्रकारका हरेक क्षेत्रमा सहयोग गर्नका लागि तयार रहेको बताउँदै उहाँले पत्रकार राज्यको चौथो अंग भएकाले बिभजित भएर भन्दा पनि सत्य कुरा लेख्नका लागि मेयर महतले आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्टले अभिब्यक्ति स्वतन्त्रतामा आफुहरु अझैपनि लडिरहेको बताउनुभयो । काठमाण्डौमा बसेर काम गर्ने पत्रकार र सम्पादकहरुका समस्या धेरै नभएपनि जिल्लामा बसेर काम गर्ने पत्रकारका धेरै खालका समस्याहरु रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले अझैपनि पुर्ण रुपमा प्रेश स्वतन्त्रताको अनुभुति पत्रकारले गर्न नपाएको बताउनुभयो । अहिले पनि पत्रकारहरु सेल्फ सेन्सरसिप गर्नुपर्ने बाध्यतामा रहेकोमा उहाँले दुख ब्यक्त गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाको दुईलाख रुपैयाँ सहयोगमा पुस्कालय निर्माण गरिएको हो । पुस्तकालयमा नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्टले एक लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गर्नुभएको छ । त्यसैगरी आज पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले आजको कार्यक्रममा ४२ वटा पुस्तक सहयोग गर्नुभएको छ । पत्रकारमहासंघका उपाध्यक्ष कुमार अधिकारी र निबर्तमान उपाध्यक्ष गिरीजा अधिकारीले पनि पत्रकारिता संग सम्बन्धित पुस्तक महासंघलाई हस्तान्तरण गर्नुभएको छ । महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब भानुभक्त आचार्य, पत्रकार महासंघ मकवानपुरका सल्लाहकार नानी मैयाँ बिष्ट, प्रेश युनियन मकवानपुरका निबर्तमान अध्यक्ष रुपेश दुलाल, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष शुरेश श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।