पर्यटन प्रबर्दन गर्न मकवानपुरका होटल ब्यावसायीहरु जुर्मुराए

हेटौंडा । मकवानपुरका होटल ब्यावसायीहरु पर्यटन प्रबर्दन गर्नकालागि जुर्मुराएका छन् । हेटौंडा तीन नंम्बर प्रदेशको राजधानी भएसंगै यहाँ आउने पर्यटन प्रबर्दन गर्नमा होटल ब्यावसायीहरु जागरुक भएका हुन् । मकवानपुरको हेटौंडाका पर्यटकीय स्थल, दामन पालुङ, बज्रबाराही लगायतका क्षेत्रमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लोभ्याउनेगरी काम गर्न आफुहरु तयार रहेको होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले बताउनुभयो ।
मकवानपुर होटल एशोसिएसनको १० औ बार्षिक साधारणसभाको अवसरमा तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले हेटौँडाका होटलहरुले सस्तो र सर्बसुलभ ढंगले सबैलाई सेवा दिनका लागि आग्रह गर्नुभयो । हेटौंडामा अरु क्षेत्रको तुलनामा गुणस्तरीय र सर्बसुलभ सेवा दिनका लागि आग्रह समेत गर्नुभयो ।
तीन नंम्बर प्रदेशको राजधानी हेटौंडा भएपनि सेवामा गुणस्तरीयको सट्टा होटलमा आउने पाहुनाले महंगोको मार खेप्नुपरेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो । राजधानीमा सबैलाई सेवा दिँदा काठमाण्डौ भन्दा महंगो भन्दा पनि सस्तोमा सेवा दिनुपर्ने अहिलेको आवश्यक्ता रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रदेश सभाका सदस्यहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, संबिधान सभाका पुर्ब सांसद अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, उद्योग संघ मकवापनुरका अध्यक्ष नबराज अर्याल, पुर्ब अध्यक्ष ऋषीराम घिमीरे लगायतकाको आतिथ्यता रहेको थियो ।